मिति: ८ पुष २०८१, सोमबार | इमेल: info@tajagatibidhi.com | फोन: +977 985-5019694
३९ करोडको सारी १ महिनामै नेपालमा भित्रियो – Taja Gatibidhi
जिवनशैली

३९ करोडको सारी १ महिनामै नेपालमा भित्रियो

गत श्रावणमा नेपालमा ३९ करोड ६२ लाख ७४ हजार बराबरको सारी आयात भएको छ। गत आर्थिक बर्षको श्रावणको तुलनामा यस बर्षको श्रावणमा झन्डै १२ करोड बढीको सारी आयात भएको भन्सार बिभागको तथ्यांक रहेको छ।गत आर्थिक बर्षको श्रावणमा २७ करोड ५९ लाख ९५ हजार रुपैयाँको सारी,लुग्ङी र धोती आयात भएको थियो।

नेपालमा सुति र मानवनिर्मित रेसाबाट बनेका सारी,लुग्ङी र धोती आयात हुने गरेको छ। यो बर्षको श्रावणमा ९ लाख २४ हजार ९ सय ५४ थान सारी,लुग्ङी र धोती आयात गरिएको भन्सार बिभागको तथ्यांक रहेको छ।सबै भन्दा बढी सारी भारत बाट आयात भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker