Banner News
रवि लामिछानेको आयो फेरि महत्त्वपूर्ण सन्देश
रवि लामिछानेको फेरि अर्को महत्त्वपूर्ण सन्देश आएको छ ।
सामाजिक संजालमा लेख्दै लामिछाने भन्नुहुन्छ
आफुले गरेका हरेक कामको हिसाब किताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता यहि असोज १८ गते आफ्नो तेस्रो सार्बजनिक सुनुवाइ गर्न इच्छाकामना,चितवन आउँदै छु ।
सबै मतदातालाई आफ्नो प्रश्न सहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु ।
साथै, जनसरोकारको बिषयमा गरिएको र राज्य/समाजका सबै सरोकारवाला सहभागी हुने भएकोले यो कार्यक्रममा पार्टीको झन्डा,ब्यानर ,लोगो वा पोसाक नलगाइदिनुहुन अनुरोध छ।भन्दै आफ्नो सामाजिक संजालमा जानकारी गराउनु भएको छ ।