मिति: ८ पुष २०८१, सोमबार | इमेल: info@tajagatibidhi.com | फोन: +977 985-5019694
कलाकार मिल्दैनन् भन्ने भाष्यलाई खण्डन गर्न तीन हिरोलाई कास्ट गरेको हुँ : निर्देशक राउत – Taja Gatibidhi
Banner NewsBanner news (with photo)जिवनशैलीताजा समाचारदेशसाहित्य/ सिर्जना

कलाकार मिल्दैनन् भन्ने भाष्यलाई खण्डन गर्न तीन हिरोलाई कास्ट गरेको हुँ : निर्देशक राउत

काठमाडौं । प्रदीप खड्का, आर्यन सिग्देल र पल शाहलाई लिएर निर्देशक दिनेश राउत सोसल-ड्रामा ‘पूजार सार्की’ फिल्म बनाउँदैछन् । घरेलु फिल्मका यी चर्चित नामलाई एउटै ब्यानरमुनि समेट्न सकेकोमा राउतको चर्चा भैरहेको छ । यी तीनैसँग राउतको निकट सम्बन्ध छ । प्रेमकथाका फिल्ममा चलेका र त्यसमा पनि गैर-थिएटर पृष्ठभूमिका अभिनेतालाई फिल्म वृत्तमा ‘चकलेटी नायक’को शब्द प्रयोग हुँदै आएको छ । यो शब्दावलीलाई पत्याउने हो भने, यी तीन चलकेटी एक्टरले राउतको फिल्ममा सहकार्य गर्दैछन् । अहिले यी तीनै अभिनेताले सामाजिक संजालबाट युगल तस्वीर सार्वजनिक गरिरहेका छन् । ‘क्याम्प’ र ‘विभाजन’को प्रवृत्ति व्याप्त रहेको भनिएको नेपाली फिल्म वृत्तमा यी तस्वीरलाई अर्थपूर्णरुपमा लिन सकिन्छ । जसलाई निर्देशक राउतले अनलाइनखबरसँगको कुराकानीमा औचित्य पुष्टि गर्ने प्रयास गरे ।कलाकार एकापसमा मिल्दैनन् भन्ने प्रवृत्ति ब्याप्त भएको बेला आफूले त्यसलाई चिर्न तीन अभिनेतालाई एउटै फिल्ममा खेलाउन थालेको निर्देशक राउतले बताए । ‘खासगरि मेनस्ट्रिमका कलाकार एकापसमा मिल्दैनन् भन्ने भनाई छ । कलाकार फुट्दैनन् । एक हुन्छन् भन्ने कुराको सन्देश दिन पनि यी तीनलाई जुटाएको हुँ’ उनले भने ।यही क्षेत्रमा काम गरेपछि सहकार्य पनि यही क्षेत्रसँगै हुने हो । फिल्म लाइनका मान्छे मिल्दैनन् भन्ने बजारिया हल्लालाई गलत सावित गर्न खोजेको हुँ’ उनले भने । राउतले भनेको सत्य हो भने, कलाकार–कलाकारबीच मात्र हैन, यो फिल्मसँगै आर्यनसँग उनको सम्बन्धमा पनि पुनः हार्दिकता पलाएको छ ।अवश्य पनि, आर्यन र मबीच कुनैबेला व्यक्तिगतभन्दा पनि व्यवसायिक असमझदारी थियो । अहिलेलाई प्याचअपको रुपमा बुझ्नूस’ राउतले आर्यनसँगको सहकार्यबारे भने । आर्यन र दिनेशले ‘आइएम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’मा काम गरेका छन् । ‘आइएम सरी’ राउतको डेब्यु निर्देशकीय फिल्म हो प्रदीपसँग ‘प्रकाश’पछि दोस्रो सहकार्य हुनेछ भने पलसँग पहिलोपटक । माघदेखि छायांकन सुरु भनिएको यो फिल्मले एक कम्युनिष्ट नेताले जातिय विभेदविरुद्ध गरेको लडाइको कथा भन्छ । कास्कीकोटमा छायांकन हुन लागेको फिल्ममा यी तीन एक्टरको भूमिकाबारे केही खुलाइएको छैन ।

Taja Gatibidhi

Taja Gatibidhi is a dynamic online blogging platform from Nepal, dedicated to delivering the latest news, trends, and insightful articles across various topics. Our mission is to provide fresh and engaging content that keeps our readers informed and inspired. From current events to lifestyle, technology, and more, Taja Gatibidhi is your go-to source for staying updated with what's happening around you.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker