रबि लामिछानेको गगन थापालाई जवाफ प्रमाण होइन रहेछ प्रणाम भन्नुभएको रहेछ।
रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउदै सहकारी प्रकरणमा लगाएको दोष सकियो, अब गोर्खा मिडियातिर आफुलाई तान्ने प्रयास हुने बताएका छ्न् ।
मंगलबार काठमाडौंमा पार्टीको पहिलो रास्ट्रिय भेलाको उद्घाटन गर्दै लामिछानेले यस्तो बताएका हुन।
उनले आफू सहकारी ठग नभएको संसदिय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरेका छन।
यद्यपि समितिले तत्कालीन संचालकको नाताले लामिछाने सहितका संचालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कामकारबाहीको सिफारिस गरेको छ ।
कार्यक्रममा उनले आफुलाइ सहकारी ठग भन्न नमिल्ने भएपछि अब,गोर्खा मिडियातिर ध्यान केन्द्रित हुने बताएका छ्न।
नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापा प्रती लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्ने कुरा थाहा भयो ? भन्दै प्रश्न समेत गरेका छन।
उनले प्रमाण छ भनेको न भइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफुले पनि प्रणाम फर्काएको टिप्पणी गरे।
उनले भने, अब सहकारीतिरबाट गोर्खा मिडियातिरको कुरा हुन्छ,गोर्खा मिडियातिर जान्छ अब।
सहकारी त सकियो अब भन्न मिलेन सहकारी ठग, सहकारी ठग भन्ने कुरा त लगभग सकियो,प्रमाण कस्तो हुन्छ भन्ने कुरा त आफ्नै केन्द्रिय नेताहरु बसेको भएर थाहा भैहाल्यो होला नि,कस्तो हुनुपर्छ प्रमाण भन्ने कुरा त हामिले भन्न परेन होला नि ।
म कसैको कटाक्ष गर्न आएको होइन,तर छुस्स त दिनै पर्यो नि, मेरा मित्र संम्सदिय दलका उपनेता बिराजभक्त श्रेष्ठले सामाजिक संजालमा हिजो बडो राम्रो सङ लेख्नु भएछ ,
प्रमाण छ प्रमाण छ भनेको होइन रहेछ, प्रणाम छ भनेको रहेछ मेरो पनि प्रणाम छ उहाँलाई ।
सभापती लामिछानेले आफुलाइ नङ्गयाउने नाममा संचारमाध्यमहरु ननाङ्गिन आग्रह समेत गरे । उनले रास्वपा नसकिएको भन्दै अरुलाइ रास्वपाले सक्काउने चेतावनी समेत दिएका छ्न ।