अर्थतन्त्रअर्थव्यवस्था
हिमालयन रि इन्स्योरेन्स (HRIL)को प्रिमियम मूल्यमा खुल्ला ।
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी(HRIL)को प्रिमियम मूल्यमा खुलेको छ । उक्त हिमालयन रि इन्स्योरेन्स कम्पनी(HRIL) को IPO मा सर्वसाधारणले मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन । उक्त कम्पनीमा शेयर आवेदन भर्दा कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्ता रकम रु.२०६० देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले निष्काशन गरेको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। आज हिमालयन रि इन्स्योरेन्स कम्पनी(HRIL) को आवेदन दिने पहिलो दिन हो ।