अर्थतन्त्र
बुधबार सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर दुई हजुर मुनि
काठमाडौं २७ गते बुधबार सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर दुई हजुर मुनि नै फर्किएको छ । दिउँसोको समयमा उकालो लाग्दै नेप्से २०१६ अंकसम्म पुगेकोमा अन्ततः बन्द हुँदा दुई हजारमुनि अर्थात् १९८८ अंकमा कायम भएर नेप्से बन्द भएको छ ।
अघिल्लो दिनको तुलनामा भने नेप्से २.६ अंक बढेको हो । त्यस्तै कारोबार रकममा भने गिरावट देखिएको छ ।