पहिलो सन्तान जन्माउन अमेरिकामा रेखा थापा ।
काठमाडौ । बच्चा जन्माउन अमेरिका उड्नु अगाडी नेतृ रेखा थापाले खिचाएको बेबीबम्प फोटो सार्वजनिक राष्ट्रिय प्रजातन्त्र पार्टीकि नेतृ तथा अभिनेत्री रेखा थापा अहिले पहिलो सन्तान जन्माउन अमेरिकामा छिन्।
अमेरिकामा जन्मको आधारमा सहजै अमेरिकी नागरिक बन्न पाउने अमेरिकी कानुनी छ र थापाले त्यहि फाइदा लिन उनी चिकित्सकले दिएको प्रसव मितिभन्दा दुई महिना अगाडि अमेरिका उडेकी हुन् भन्ने पनि गरिएको छ।
अमेरिकामा जन्मिने बच्चा कानुनी रूपमा वयस्क नभएसम्म आमा-बुबासँग बस्न पाउँछन्। बच्चा जुन देशमा बसे पनि अमेरिकी सरकारले सो देशको दूतावासबाट मासिक तीन हजार अमेरिकी डलर बढी भत्ता समेत दिन्छ।
वयस्क भएपछि आमा-बाबुको राष्ट्रियता अनुसारको नागरिकता लिने वा अमेरिकी नागरिक बन्ने निर्णय सम्बन्धित व्यक्तिकै हुन्छ। त्यही कानुनी प्रावधानको फाइदा लिन रेखा श्रीमानसँगै अमेरिका पुगिसकेकी छिन्। उनी अमेरिका जानु अगाडि गर्भावस्थाको तस्बिर खिचाएकी थिइन्।