Banner NewsUncategorizedताजा समाचारसुदूरपश्चिम प्रदेश
झन्डै तीन किलो चरेशसहित एम्बुलेन्स धनगढीबाट चालक पक्राउ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट झन्डै तीन किलो चरेशसहित एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको केदारस्यू गाउँपालिका–३ का ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।
खातीले चलाएको सुपप्र०१००१ झ ०५४२ नम्बरको बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्सलाई शंकाका आधारमा चेकजाँच गर्दा २ किलो ८ सय ग्राम लागुऔषध चरेस भेटिए जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।